१८ असार २०८३, बिहीबार

बन्दुकधारीद्वारा नाइजेरियामा २५ को हत्या

बन्दुकधारीद्वारा नाइजेरियामा २५ को हत्या

अबुजा-  नाइजेरियामा अज्ञात बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २५ जनाका मारिएका छन् । जाम्फारा राज्यको तीन वटा समुदायमाथि भएको आक्रमणमा परी अरू एक दर्जनभन्दा बढी घाइते भएका छन् । 

विभिन्न स्रोतले दिएको जानकारीअनुसार बिर्नीन मागाजी क्षेत्रमा बुधबार पछिल्लो आक्रमण भएको हो । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा विगत छ महिनादेखि शृङ्खलाबद्ध रूपमा आक्रमण हुँदै आएको छ । 

स्थानीय बासिन्दाले घटनामा पीडितका अधिकाँश खेतबारीमा काम गर्ने किसान तथा मजदुर रहेको जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्