०५ असार २०८३, शुक्रबार

ककपिटबाहिरका कमाण्डर, भीभीआईपीको उडान हुँदा हतियार लिएर टावरमा पुग्छन् सेना

पुस ७, २०७५
ककपिटबाहिरका कमाण्डर, भीभीआईपीको उडान हुँदा हतियार लिएर टावरमा पुग्छन् सेना

काठमाडौं–सुरक्षित हवाई यात्रामा पाइलटको भूमिका त सबैलाई थाहा छ । तर, पाइलटलाई नै निर्देशन दिएर हवाई यात्रा सुरक्षित बनाउने पात्रबारे धेरैलाई थाहा छैन । त्यस्ता पात्र हुन् एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ।

एटीसीको अनुमतिबिना हवाई उडान नै सम्भव छैन । त्यसैले त हवाई उडानमा एटीसीलाई ककपिटबाहिरका कमाण्डर भनिन्छ । जहाजको इन्जिन खोल्नेदेखि बन्द गर्नेसम्मको प्रक्रियामा एटीसीको अनुमति लिनैपर्छ । एटीसीको निर्देशन उलंघन गर्नु दुर्घटनालाई निम्ता गर्नु हो । 

आजको नयाँ पत्रिकाका अनुसार देशभर करीब ३०० एटीसी रहेका छन् । 

पत्रिका अगाडि लेख्छ–भीभीआईपीको उडान गर्ने र ल्याण्ड गर्ने समयमा सेनाको प्रतिनिधि हतियारसहित एटीसी युनिटमा जाने गर्छन् । जुन एटीसीलाई सहज लाग्दैन । गलत निर्देशन देलान् र जहाजलाई खतरामा उडाउलान् भनेर निगरानी हुने गरेको हो । तर नियमअनुसार यसरी हतियारसहित एटीसी युनिटत्रि जान पाइँदैन । 
 

salt training

कमेन्ट गर्नुहोस्