०७ असार २०८३, आइतबार

बजाजद्वारा ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै रात्रिकालीन मोटरसाइकल सर्भिस सेवा सुरुवात

कात्तिक २०, २०७४
 बजाजद्वारा ग्राहकहरुको समस्यालाई मध्यनजर गर्दै रात्रिकालीन मोटरसाइकल सर्भिस सेवा सुरुवात
काठमाडौं, २३ फागुन - बजाज कम्पनीको लागि नेपालको एकमात्र आधिकारीक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रा.लि.ले आफ्नो बजाज सर्भिस सेन्टर गुसिङ्गाल, कुपन्डोल,ललितपुर मार्फत बजाज मोटरसाइकल चलाउने सेवाग्राहिको समस्यालाई मध्यनजर गर्दै रात्रिकालीन मोटरसाइकल सर्भिस सेवाको सुरुवात गरेको छ ।

दिनभर अफिस, ब्यापार ब्यवसाय, सेवा आदिमा ब्यस्त भई आफ्नो मोटरसाइकल सर्भिस गर्न समय नमिल्ने र दिनभरलाई सर्भिस सेन्टरमा राख्दा हरेक कुराहरुमा प्रत्यक्ष प्रभाव पर्ने समस्यालाई मध्यनजर राख्दै अब रातीमा पनि सर्भिसिङ्ग सेवा दिने उद्देश्य अनुरुप सेवा प्रारम्भ गरेको छ ।

यसरी रातको समयमा सर्भिस सेवा प्रदान गर्नुको मूल उद्देश्य नै आफ्नो दैनिक क्रियाकलापमा कुनै प्रभाव नपारी अमूल्य समयको बचत गर्ने र आफ्ना सेवाग्राहिलाई बजाज प्रति विश्वास दिलाउनु रहेको कम्पनीले जनाएको छ ।

बजाज सर्भिस सेन्टरमा रहेका दक्ष कर्मचारीहरुले सर्भिसको लागि छाडेर जानुभएको मोटरसाइकल सर्भिस गरी समयभित्र उपलब्ध गराउने छन् । सर्भिस सेवा लिनको लागि आफ्नो मोटरसाइकल साँझ ५ बजे देखि ७ बजे सम्म बजाजको गुसिङ्गाल, कुपन्डोल स्थित सर्भिस सेन्टरमा पु¥याउनुपर्ने हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्