२३ असार २०८३, मंगलबार

गूगल थप विवादित बन्दै, ‘भिखारी’ सर्च गर्दा आउँछ पाकिस्तानी प्रधानमन्त्रीको फोटो

पुस ७, २०७५
गूगल थप विवादित बन्दै, ‘भिखारी’ सर्च गर्दा आउँछ पाकिस्तानी प्रधानमन्त्रीको फोटो

काठमाडौं – गूगलमा आजकल उर्दू भाषामा ‘भिखारी’ शब्द सर्च गर्दा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको फोटो आउने गरेको छ ।

योभन्दा पहिला ‘इडियट’ सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ‘इटालियन बार गर्ल’ सर्च गर्दा भारतीय नेतृ सोनिया गान्धीको फोटो आउने गरेको थियो । केही दिन पहिला अमेरिकी संसदीय समितिको अगाडि गूगलका सीइओ सुन्दर पिचाइले यही विषयमा स्पष्टीकरण दिइसकेका छन् ।

पन्जाब प्रान्तको विधानसभामा ‘भिखारी’ टाइप गर्दा इमरान खानको तस्वीर आउने विषयमा छलफल भएको बताइएको छ ।

विधानसभाले गुगलको सीइओ पिचाइलाई गुगलले यस्तो किन गरिरहेको छ भन्ने प्रश्न सोध्ने तयारी गरेको पाकिस्तानी सञ्चारमाध्यमले बताएका छन् । (अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

salt training

कमेन्ट गर्नुहोस्