०१ असार २०८३, सोमबार

नेपाल यूएनको शान्ति निर्माण आयोगको सदस्यमा सर्वसम्मत निर्वाचित

नेपाल यूएनको शान्ति निर्माण आयोगको सदस्यमा सर्वसम्मत निर्वाचित

काठमाडौं – नेपाल संयुक्त राष्ट्रसंघीय शान्ति निर्माण आयोग (पीबीसी)को संगठन कमिटीको सदस्यमा निर्वाचित भएको छ ।

महासभा समूहअन्तर्गत नेपाल २ वर्षका निम्ति सदस्यमा शनिवार निर्वाचित भएको हो । 

नेपालसँगै इजिप्ट, ग्वाटेमाला, केन्या, मेक्सिको पनि कमिटी सदस्यमा चयन भएका न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

नेपालले सदस्यको पदभार पुस १७ गतेदेखि सम्हाल्नेछ । उक्त पदमा नेपाल एसिया–प्रशान्त क्षेत्रका देशबाट सर्वसम्मत रुपमा निर्वाचित भएको हो । 

विश्व शान्ति स्थापनार्थ सञ्चालित संयुक्त राष्ट्रसंघीय शान्ति कार्यदलमा नेपाली सेना र नेपाल प्रहरीबाट सुरक्षा दस्ता पठाएर योगदान गर्ने विश्वको पाँचौं राष्ट्र नेपाल हो ।

salt training

कमेन्ट गर्नुहोस्