०६ असार २०८३, शनिबार

जान्नुस्, लामखुट्टेले किन तपाईंलाई मात्र धेरै टोक्छ ?

कात्तिक २०, २०७४
जान्नुस्, लामखुट्टेले किन तपाईंलाई मात्र धेरै टोक्छ ?
काठमाडौं, २३ फागुन — हुन त गर्मी लागेपछि लामखुट्टेले सबैलाई टोकेर हैरानै पार्छ तर केही मानिसहरूलाई चाहिँ लामखुट्टे अलि बढी नै टोकेको अनुभव हुन्छ । यो स्वाभाविक हो किनकि लामखुट्टेले टोक्नुका पछाडि अनेकौं कारण हुन्छन् ।


रगतका कारण

रगतमा चिनीको मात्रा बढी भएका मानिसलाई लामखुट्टेले धेर टोक्छन् । अनि ओ ब्लड ग्रुप भएका मानिसलाई पनि लामखुट्टेले बढी टोक्छ । सबै ब्लड ग्रुपका रगत पचाउन नसक्ने भएकाले निश्चित मानिसलाई मात्र लामखुट्टेले टोक्छ ।

कपडाको रंग
मानिसले लगाएको कपडाको रंगका कारण पनि लामखुट्टेहरूले बढी टोक्छन् भन्ने थाहा पाउँदा तपाईंलाई आश्चर्य लाग्यो होला । रातो, कालो, नीलो र गाढा रंगको कपडा लगाउने मानिसलाई लामखुट्टेले बढीजसो टोक्छ । गाढा रंगमा बढी आकर्षित हुन्छन् लामखुट्टेहरू ।

गर्भवती महिला
एक अनुसन्धानले पत्ता लगाएअनुसार गर्भवती महिलालाई लामखुट्टेले अलि बढी नै टोक्छ । गर्भवती महिलाको सासबाट २१ प्रतिशत बढी कार्बनडाइअक्साइड निस्कने भएकाले यसो हुन्छ ।

बीयर पिउनेलाई
बीयर पिउने मानिसलाई लामखुट्टेले अलि बढी नै मन पराउँछ । बीयर पिउँदा शरीरको तापक्रम बढ्ने हुनाले लामखुट्टे आकर्षित हुन्छ ।

शरीरको तापक्रम बढ्दा
ज्वरो आएको बेलामा अनि दौडिएर वा व्यायाम गरेर बसेको बेलामा शरीर तातो भएकाले लामखुट्टेले आएर टोकिदिन्छ ।

छालाको ब्याक्टेरिया
छालामा ब्याक्टेरिया धेरै हुने मानिसलाई पनि लामखुट्टेले खुबै टोक्छ । पाइतालामा धेरै ब्याक्टेरिया जम्ने हुनाले लामखुट्टेले त्यहाँ बढी टोक्छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्