-सिंगापुरका प्रधानमन्त्री ली सीन लुङ विश्वमै सबैभन्दा बढी तलब लिने नेता हुन् । उनले तलब वापत वार्षिक २० लाख डलर लिन्छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वार्षिक २ लाख ७६ हजार तलब लिन्छन् उनी मासिक ८ सय ८३ डलर भत्ता पनि लिन्छन् ।
आजको नयाँ पत्रिका लेख्छ– जर्मन चान्सलर एन्जिला मर्केल वार्षिक २ लाख २७ हजार डलर तलब खान्छिन् भने चिनियाँ राष्ट्रपति सी जीङ पीङ वार्षिक २२ हजार डलर तलब लिन्छन् ।
यस्तै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले वार्षिक एक डलर मात्रै तलब लिन्छन् । उनले चुनावअघि तलब नलिने घोषणा गरेअनुसार यो बाचा पूरा गरेका छन् । यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एक लाख १२ हजार , बेलायती प्रधानमन्त्री थेरेसा मे १ लाख ७० हजार वार्षिक तलब लिन्छन् ।