०४ साउन २०८३, सोमबार

कोटा मागसहित लोकसेवा आयोगमा निवेदन

पुस ८, २०७५
कोटा मागसहित लोकसेवा आयोगमा निवेदन

काठमाडौँ– लोकसेवा आयोगले विज्ञापन खोल्दा संवैधानिक व्यवस्थाअनुसार थारु कोटाको विज्ञापन पनि खोल्नुपर्ने माग गर्दै थारु विद्यार्थी समाजले लोकसेवा आयोगमा निवेदन दर्ता गराएको छ ।
संविधानले समानुपातिक सिद्धान्तअनुसार प्रतिनिधित्व गराउने व्यवस्था गरेको र सर्वोच्च अदालतबाट थारु कोटा राख्ने निर्देशन भइसक्दासमेत आयोगले थारु कोटाको विज्ञापन नखोलेको भन्दै विद्यार्थी सङ्गगठनले शुक्रबार आयोगमा निवेदन दर्ता गरेको हो । समाजले आयोगको कामप्रति आपत्ति जनाउँदै कोटा माग गरेको समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए ।
आयोगले हालसालै खोलेको अधिकृत तहको विज्ञापनमा थारु कोटा नआएको उदाहरण दिंदै विद्यार्थी समाजले राज्यको संयन्त्रमा थारुको सहभागिता हुने हक आयोगले खोसेको आरोप लगाएको छ । 

आयोगले खोलेको विज्ञापनमा त्रुटि भएकाले त्यसलाई खारेज गरी संवैधानिक व्यवस्थाअनुरुप पुनः विज्ञापन खोल्न विद्यार्थी समाजले माग गरेको छ ।
यसअघि अधिवक्ता शान्ति मोदी थारुले दिएको रिटमा २०७४ कात्तिक १५ गते सर्वोच्च अदालतले समानुपातिक सिद्धान्तको आधारमा थारु समुदायलाई पनि लोकसेवा आयोगको विज्ञापनमा सरिक गराउन आदेश गरेको थियो । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्