
काठमाडौं– इन्डोनेसियाको सुन्डा स्ट्रेट (खाडी) नजिकैको तटीय इलाकामा आएको सुनामीका कारण कम्तीको ४३ जनाको मृत्यु भएको छ । सुनामीमा परी ६ सय भन्दा बढी मानिस घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ ।

क्रेकाटवा ज्वालामुखीका विस्फोट भएका कारण समुन्द्रमा भूस्खलन भएर सुनामी आएको अनुमान गरिएको छ । नागरिकहरुलाई सचेत रहन सरकारले अपील गरेको छ । सुनामीका कारण दर्जनौं भवन भत्किएका छन् । सुनामीले सयौं सवारी साधनमा समेत क्षति र्पुयाएको छ ।

सडकसम्म पानी पसेकाले सवारी आवागमन बन्द भएको छ । सुन्डा स्ट्रेट र आसपासका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।सुन्डा खाडी जावा र सुमात्रा द्धिपको बिचमा पर्दछ । जावा सागर हिन्द महासागरसँग जोडिएको छ ।