![चलचित्र ‘रणवीर’को गीतमा दुई नायिकासंग मख्ख सुशील [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Ranveer_Team_uxlMLL7djg.jpg)
काठमाडौं–आउँदो माघ १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘रणवीर’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘तिरीमिरी तिरीमिरी तीन तारा’ बोलको गीत सार्वजनिक गरिएको हो । राजनराज शिवाकोटीको शब्द, संगीत रहेको गीतमा राजनराज र अञ्जु पन्तको स्वर रहेको छ । गीतमा चलचित्रका मुख्य तीन कलाकार सुशील सिटौला र डेब्यू नायिका शुभेच्छा खड्का र सुपुष्पा भट्ट फिचरिङ छन् । गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।
केही दिन अगाडी नक्सालको बालमन्दिरमा भब्य सेट लगाएर यो गीतको भिडियो छायाँकन गरिएको हो । निर्माण पक्षका अनुसार ४ दिन लगाएर खिचिएको गीतमा २५ लाख रुपैयाँ खर्च गरिएको छ ।
लभ र एक्सन जनरामा निर्मित चलचित्रमा सुशील, सुभेच्छा र सुपुष्पासँगै प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई गोविन्द सिँह भण्डारीले निर्देशन गरेका हुन । चलचित्रमा गोविन्दकै कथा, पटकथा तथा संवाद रहेको छ । चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।