१२ असार २०८३, शुक्रबार

श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीबीच फेरि ठाकठुक

श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीबीच फेरि ठाकठुक

काठमाडौं — श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले मन्त्रीहरूको नियुक्तिका सम्बन्धमा राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग ठाकठुक परेको स्वीकार गरेका छन् । तर यो विषयलाई सुल्झाइने विश्वास उनले लिएका छन् । 

खबरहरूका अनुसार, राष्ट्रपति सिरिसेनाले विक्रमसिंघेका केही उम्मेदवारको नाम खारिज गर्दै बिहीवार ३० सदस्यीय मन्त्रिपरिषद्लाई अन्तिम रूप दिए र सुरक्षा बल तथा प्रहरीमा आफैंले नियन्त्रण राखे । 

यसबाट सिरिसेना र विक्रमसिंघेबीच सत्ता संघर्ष जारी रहेको संकेत प्राप्त भएको छ । 

कोलम्बो गजेटका अनुसार, विक्रमसिंघेले शुक्रवार मिडियाको आलोचना गर्दै केही मानिसले किर्ते सूची जारी गर्दै त्यसमा उनको उम्मेदवार परेको अनि त्यसलाई सिरिसेनाले अस्वीकार गरेको लेखेको भने । 

मिडियाले श्रीलंका फ्रीडम पार्टीका सदस्य विजयमुनि जोयसाको नाम मन्त्री पदका लागि नामांकित सांसदको सूचीमा रहेको दाबी गरेको थियो । 

तर प्रधानमन्त्रीले जोर दिएर जोयसाको नाम सूचीमा नरहेको बताए । विक्रमसिंघेले मिडियाको एक तप्का मानिसलाई भ्रममा पार्ने प्रयास गरिरहेको र उनीहरूलाई कारवाही गरिने बताए । 

क्याबिनेट गठनका विषयमा सदनमा एक बयान जारी गर्ने पनि विक्रमसिंघेले बताए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्