
काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले केन्द्रीय समितिमा पेश गरेको विधान लामो बहस र छलफलपछि केन्द्रीय कार्यसमितिबाट पारित भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले सङ्घीय संरचनाअनुसार तयार गरिएको पार्टीको विधान मस्यौदा पारित गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष रहने प्रावधान राखिएको छ ।
कांग्रेसकेन्द्रीय कार्यसमितिको सङ्ख्या यसअघिको सहमतिअनुसार १६१ रहने वा थपिएका सहमहामन्त्रीको सङ्ख्याअनुसार थप गरी १६७ बनाउने भन्ने विषय टुंग्याउनका एक प्राविधिक समूह गठन गर्ने तयारी रहेको शर्माको भनाइ छ ।
केन्द्रीय कार्यसमितिबाट पारित भएको उक्त विधान शुक्रबार नै महासमिति बैठकमा पेश गरिएको थियो । महासमिति बैठक गत मंसिर २९ देखि काठमाडौँमा जारी छ ।
यस्तो छ पारित विधानको पूर्णपाठ -