
काठमाडौं, २३ फागुन -- सप्तरी राजविराजको औद्योगिक क्षेत्र नजिकै मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीच तनाव सिर्जना भएको छ । प्रहरीको घेरा तोडेर अघि बढ्न खाजेका मोर्चाका कार्यकर्तालाई प्रहरीले लाठीचार्ज गरेको हो ।
एमालेको मेची महाकाली अभियान अन्तर्गत औद्योगिक क्षेत्रमा हुन लागेको कार्यक्रममा मोर्चाले अबरोध गर्ने कोशिश गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।
विहानैदेखि मोर्चाका कार्यकर्ताले एमालेको कार्यक्रमलाई विथोल्ने कोशिश गरिरहेका थिए ।
लाठीचार्जबाट मधेशी मोर्चाका तीन जना कार्यकर्ता घाइते भएका छन् । मोर्चाका अनुसार प्रहरीले मोर्चाका केही कार्यकर्तालाई हिरासतमा समेत लिएको छ ।
अहिले चाहिँ मोर्चाका कार्यकर्ता अलिकती पछि हटेका छन् ।
तस्वीर: शिवप्रताप