१६ असार २०८३, मंगलबार

बाउन्सर तथा बडीगार्डहरूले किन कालो लुगा लगाउँछन् ?

कात्तिक २०, २०७४
बाउन्सर तथा बडीगार्डहरूले किन कालो लुगा लगाउँछन् ?
काठमाडौं, २३ फागुन — होटेल वा डिस्कोमा भाँडभैलो गर्न खोज्ने मानिसलाई गलहत्याउनका लागि बाउन्सरहरू राखिएका हुन्छन् । अनि विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि अंगरक्षक वा बडीगार्डहरू राखिएका हुन्छन् ।


ती बाउन्सर तथा बडीगार्डहरू बलिया र मसलयुक्त त हुन्छन् नै तिनीहरूको अर्को विशेषता भनेको जहिले पनि कालो लुगा लगाउनु हो । बाउन्सरहरू कालो टिशर्ट र पाइन्ट लगाउँछन् भने बडीगार्डहरू कालो सुट, प्यान्ट र चश्मा लगाउँछन् ।

किन उनीहरू सबै कुरा कालो लगाउँछन् त ? यसबारेमा इमेज कन्सल्ट्यान्ट रीना सक्सेनाले क्वोरा नामक प्रश्नोत्तर वेबसाइटमा व्याख्या गरेकी छन् ।

उनीहरू डर पैदा गर्नका लागि कालो लगाउँछन् । कालो वस्त्रमा सजिएका बलिया मान्छे देख्दा बदमासी गर्न खोज्नेहरूले आँट गर्दैनन् ।

कालो वस्त्रले उनीहरूलाई प्रहरी र सेनाभन्दा पृथक् देखाउँछ ।

अनि बडीगार्डको हकमा उनीहरूले सुरक्षा दिने विशिष्ट व्यक्तित्व छायाँमा नपरून् भनेर पनि कालो लगाउन भनिन्छ । कालो रंगले विशिष्टहरूलाई राम्रो पृष्ठभूमि दिन्छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्