२५ जेठ २०८३, सोमबार

एनआईसी एसिया क्यापिटल लिमिटेडको औपचारिक शुभारम्भ

कात्तिक २०, २०७४
एनआईसी एसिया क्यापिटल लिमिटेडको औपचारिक शुभारम्भ
लोकान्तर संवाददाता
काठमाडौं, २३ फागुन –एनआईसी एशिया बैंक लिमिटेडको सहायक कम्पनी एनआईसी एसिया क्यापिटल लिमिटेडको औपचारिक उद्घाटन गरिएको छ । आइतवार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की तथा एनआईसी एशिया बैंकका अध्यक्ष जगदीश प्रसाद अग्रवालले संयुक्त रुपमा एनआईसी एसिया क्यापिटल लिमिटेडको उद्घाटन गरेका हुन् ।
एनआईसी एशिया बैंकको पूर्ण स्वामित्वमा १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको एनआईसी एशिया क्यापिटल नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङ्ग कार्य गर्न इजाजत प्राप्त संस्था हो ।

क्यापिटलले काठमाडौंस्थित बबरमहल कार्यालयबाट पूँजीबजारसँग सम्बन्धित धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन, म्युचुअल फण्ड व्यवस्थापन लगायतका काम गर्दै आएको छ ।

क्यापिटलले प्रचालित ऐन कानून तथा नियमनकारी व्यावस्था बमोजिम मर्चेन्ट बैंकिङ्ग कम्पनीले गर्न सक्ने सम्पुर्ण सेवा प्रदान गर्ने छ ।
उद्घाटन कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड तथा एन आई सी एशिया बैकका पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्