२२ जेठ २०८३, शुक्रबार

चीनले एक पेटी एक सडकमा पर्ने देशमा ५० अर्ब डलर लगानी गर्ने, नेपाललाई पनि फाइदा

कात्तिक २०, २०७४
चीनले एक पेटी एक सडकमा पर्ने देशमा ५० अर्ब डलर लगानी गर्ने, नेपाललाई पनि फाइदा
काठमाडौं, २३ फागुन — चीनका राष्ट्रपति सी चिनफिङको महत्त्वकांक्षी रेशम मार्ग परियोजना अर्थात् एक पेटी एक सडक (ओबीओआर) अन्तर्गत पर्ने करीब १०० देशमा चीनले ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने भएको छ ।


चीनका शीर्ष आर्थिक योजनाकार हे लिफेङले सोमवार आयोजित पत्रकार सम्मेलनमा यसको जानकारी दिएका हुन् ।

नेपाल पनि ओबीओआरमा पर्ने हुनाले देशलाई यसबाट निकै फाइदा पुग्ने विज्ञहरू बताउँछन् । हालै नेपालका लागि चीनका राजदूत यु होङले नेपाललाई छिट्टै ओबीओर परियोजनामा हस्ताक्षर गर्न आग्रह गर्दै यो परियोजनाले नेपाली जनता, नेपालको अर्थतन्त्र र संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान दिने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्