×

NMB BANK
NIC ASIA

डा. केसीद्वारा गगन, योगेशसँगको बैठक अस्वीकार, दुई विषयले अड्कियो चिकित्सा शिक्षा विधेयक

पुस १०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –चिकित्सा शिक्षा विधेयकका दुई विषयमा कुरा नमिलेपछि डा. केसीले अनशन थाल्ने चेतावनी दिएका छन् ।

Muktinath Bank

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको क्रममा रहेको विधेयकमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) र मेडिकल कलेजको सम्बन्धनका विषय आफ्नो माग अनुसार नभएको भन्दै डा. केसीले असहमति जनाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. केसीले आफ्नो माग अनुसार विधेयक नआए पुस १७ गतेदेखि अनशन शुरू गर्ने बताएका छन् ।


Advertisment
Nabil box
Kumari

समितिले डा. केसीकै माग अनुसार विधेयक निर्माण भएको दाबी गर्दै आएपनि डा. केसीले भने सीटीईभीटी र मेडिकल कलेजका विषय आफ्नो माग अनुसार नभएको जिकिर गरेका छन् ।

Vianet communication
Laxmi Bank

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले डा. केसीसँगको सम्झौता अनुसार सीटीईभीटीसँग सम्बन्धित विषयमा थप अध्ययन गर्नुपर्ने बताएपछि विधेयकले अन्तिम रूप लिन सकेको छैन ।

डा. केसीले अस्वीकार गरे गगन र योगेशसँगको छलफल 

शिक्षा तथा स्वास्थ्य समितिको उपसमितिमा सोमवारको बैठकमा विधेयक टुंगो नलागेपछि  समितिका सदस्यले डा. केसीसँग पुनः छलफल गर्ने निर्णय गरेका थिए ।

सहमति हुन नसकेका विषयमा समितिका सदस्यहरू नेपाली कांग्रेसबाट गगन थापा, नेकपाबाट योगेश भट्टराई र खगराज अधिकारीले डा. केसीसँग छलफल गर्ने तय गरिएको थियो ।

तर डा. केसीले सरकारले आफूसँग सम्झौता गरेकै विषय विधेयकमा उल्लेख हुनुपर्ने भन्दै समितिका सदस्यहरूसँगको बैठक नै अस्वीकार गरेका छन् ।

‘डा. केसीले अब समितिका सदस्यसँग छलफल नै नगर्ने बताउनुभएको छ । पहिला सरकारले जे सम्झौता गरेको थियो त्यही कुरा विधेयकमा हुनुपर्ने माग राख्नुभएको छ,’ डा. केसीका एक सहयोगीले लोकान्तरसँग भने, ‘यदि सम्झौता अनुसारको कुरा विधेयकमा आएन भने उहाँ अनसनमा बस्नुहुन्छ ।’

उपसिमितिले सोमबार नै विधेयक टुंग्याएर समितिलाई प्रतिवेदन बुझाउने र समितिले विधेयक पारित गर्ने तयारी थियो । तर सरकारले डा. केसीसँग गरेको सम्झौतालाई प्राविधिक कारण देखाउँदै फेरबदल गर्ने प्रयास गरेपछि विवाद बल्झिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x