१७ असार २०८३, बुधबार

प्रहरीको गोलीले एकजनाको मृत्यु भएको आशंका छ, पुष्टि भएको छैन: सप्तरी प्रजिअ

कात्तिक २०, २०७४
प्रहरीको गोलीले एकजनाको मृत्यु भएको आशंका छ, पुष्टि भएको छैन: सप्तरी प्रजिअ


काठमाडौं, २३ फागुन — एमालेको मेची महाकाली अभियानको क्रममा सप्तरीमा गोली चलेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी उदय प्रसाद तिमल्सिनाले घटनास्थलमा प्रहरीले गोली चलाएको पुष्टि गरे ।
प्रहरीसँगकाे झडपमा घाइते अान्दाेलनकारी

उनले गोली लागेर एक जना ढलेको जानकारी समेत आफूलाई आएको जानकारी गराएका छन् ।  ढलेका आन्दोलनकारीलाई अस्पताल लगिएको उनले बताए ।

 उनको अवस्था वारे यथार्थ वुझ्न आफूले टोली टोली अस्पताल पठाएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले बताए । प्रहरीको गोलीले पाँचजना थप घाइते भएको सूचना आफूलाई प्राप्त भएको उनले बताए ।

प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको आशंका गरिएको छ ।
तस्वीरः शिवप्रताप

salt training

कमेन्ट गर्नुहोस्