०७ असार २०८३, आइतबार

प्रहरीको गोलीबाट ‘मरेका’ भनिएका मेहता अस्पतालबाट गायव, कहाँ लगियो, खोज्दैछौं : सप्तरी सिडीओ

कात्तिक २०, २०७४
प्रहरीको गोलीबाट ‘मरेका’ भनिएका मेहता अस्पतालबाट गायव, कहाँ लगियो, खोज्दैछौं : सप्तरी सिडीओ
काठमाडौं, २३ फागुन – सप्तरीको राजविराजमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका (मरेका भनेर प्रचार गरिएका) सञ्जन मेहता अस्पतालमा नभेटिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी उदयप्रसाद तिमल्सिनाले लोकान्तरलाई बताएका छन् ।

निकै लामो प्रयासपछि लोकान्तरको सम्पर्कमा आएका प्रजिअ तिमल्सिनाले भने, ‘गोली लागेर गम्भीर घाइते भएको भनिएका मेहतालाई अस्पताल लगिएको भनेर मलाई खबर आएको थियो । उनको यथार्थ अवस्था वुझ्न मैले एउटा अस्पतालमा टोली पठाएँ, उनले भने, ‘तर अस्पतालमा उनी छैनन् । उनी कहाँ छन् वा कहाँ लगियो पत्ता लागेको छैन । हामी पत्ता लगाउने कोसिस गर्दैछौं ।’

अस्पताल प्रशासनले पनि उनलाई कता लगियो भनेर स्पष्ट जवाफ नदिएको प्रजिअले बताए । ‘मसँगको कुराकानीमा प्रहरीले उनी (मेहता) गोली लागेर ढलेको बताएका थिए,’ प्रजिअले थपे, ‘त्यसपछि उनलाई अस्पताल लगिएको वताइयो ।

‘मैले यथार्थ वुझ्न टोली नै अस्पताल खटाएँ । उक्त टोलीले उनलाई त्यहाँ भेटेन,’ उनले थपे, ‘आधिकारिक पुष्टि नभइ मैले केही भन्न मिल्दैन । उनि गम्भिर घाइते मात्र छन् वा मृत्यु भइसक्यो म आधिकारीक रुपमा भन्न सक्दिन । औपचारिक पुष्टि नभएसम्म मृत्यु भएको भन्ने अवस्थामा म छैन ।’

salt training

कमेन्ट गर्नुहोस्