०२ असार २०८३, मंगलबार

सप्तरीमा गोली चलेपछि प्रचण्ड-ओलीबीच यस्तो संवाद

कात्तिक २०, २०७४
सप्तरीमा गोली चलेपछि प्रचण्ड-ओलीबीच यस्तो संवाद
काठमाडौँ, २४ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए । सप्तरीमा सोमबार भएको प्रदर्शनमा पनि संयम हुन निर्देशन दिएका थिए । उनले प्रदर्शनकारीमाथि गोली नचलाउनसमेत निर्देशन दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ, आजको नयाँ पत्रिकामा खबर छ ।Prachanda_oli

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सप्तरी घटनाबारे टेलिफोन संवाद भएको छ । आफू गएको ठाउँमा किन ढुंगामुढा हुन्छ ? किन असुरक्षा सिर्जना हुन्छ भन्दै ओलीले प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्रीले घटना कसरी भयो र कस्ले भड्कायो भनेर एमालेले नै समीक्षा गर्नुपर्ने बताए । ‘देशलाई थप मुठभेडमा लग्ने कि जोगाउने, तपाईंहरूका शीर्ष नेताहरू बसेर समीक्षा गर्नुहोला,’ प्रधानमन्त्रीले जवाफ दिएको स्रोतले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्