२६ असार २०८३, शुक्रबार

राष्ट्रपति र पूर्वराजालाई एउटै मञ्चमा निम्ता

कात्तिक २०, २०७४
राष्ट्रपति र पूर्वराजालाई एउटै मञ्चमा निम्ता
परासी, २४ फागुन - चौधरी ग्रुपले  आयोजना गरेको कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार नवलपरासीको दुम्कौली जाँदै छन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।bidhyadevi-and-gyanendra
देवचुली नगरपालिका-२ दुम्कौलीस्थित सीजी इन्डस्ट्रियल पार्कपरिसरमा निर्मित शाश्वतधाम एवं धर्मसभामा सहभागी हुन दुवै त्यहाँ जान लागेका हुन् । उद्योगपति विनोद चौधरीले दुवैजनालाई आमन्त्रण गरेका हुन् ।
कार्यक्रमअनुसार राष्ट्रपति भण्डारीले शाश्वतधामको उद्घाटन गर्नेछिन् भने सर्वधर्मसभामा पूर्वराजा विशिष्ट अतिथिका रूपमा रहनेछन् । इन्डस्ट्रियलको ८० बिगाहा क्षेत्रफलमध्ये सात बिगाहामा शाश्वतधामसहित विभिन्न देवीदेवताका मन्दिर, आश्रम, गुरुकुल, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, गौशाला, ध्यान केन्द्रलगायत निर्माण गरिएको छ । विभिन्न तीन स्थानमा परिसरभित्र कार्यक्रम गरिनेछ, जसअनुसार शाश्वतधाम उद्घाटन, धर्मसभा र शिव मन्दिरको प्राणप्रतिष्ठा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्