
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बसिरहेको छ । दिउसो ३ बजे शुरु भएको बैठक साँझ साढे ६ बजेसम्म चलिरहेको छ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका एक नेताले जानकारी दिए ।
वरिष्ठ नेता वामदेव गौतम तथा प्रभावशाली नेताद्वय भीम रावाल र घनश्याम भुसालले बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनको आलोचना गरेका थिए । गौतमले फरक मत प्रस्तुत गरेका थिए भने रावलले एसिया प्यासेफिक समिटप्रति आपत्ति जनाएका थिए ।
मंसिर २९ गते शुरु भएको स्थायी समिति बैठकमा ४४ जना सदस्यहरुले धारणा राखेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बुधवारको बैठकमा जवाफ दिएका थिए ।
बैठक आजै समापन गर्ने तयारी रहेको नेकपा स्रोतले जानकारी दियो ।