०१ असार २०८३, सोमबार

ऊर्जा बैंकिङ गर्न नेपाल र भारत सहमत, आयातित बिजुलीको भाउ नबढ्ने

पुस १३, २०७५
ऊर्जा बैंकिङ गर्न नेपाल र भारत सहमत, आयातित बिजुलीको भाउ नबढ्ने

काठमाडौं–नेपाल र भारतबीच इनर्जी (ऊर्जा) बैंकिङ गर्ने सहमति भएको छ । 

भारतको राजधानी नयाँदिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति (पावर एक्सचेन्ज कमिटी –पिइसी)को १३औँ बैठकमा दुई मुलुकबीच इनर्जी बैंकिङ गर्ने सहमति भएको हो । 
उत्तर बिहार विद्युत् वितरण कम्पनीमार्फत आयात गरिरहेको विद्युत्को खरिद दर तत्काल परिवर्तन नगर्ने सहमतिसमेत बैठकमा भएको छ । 
११औँ पिइसीको निर्णयअनुसार प्राधिकरणले अहिले ३३ र १३२ केभी प्रसारण लाइनमार्फत प्रतियुनिट ६ र ५.५५ भारुमा विद्युत् आयात गरिरहेको छ । नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्