१५ असार २०८३, सोमबार

एकाबिहानै राजधानीको बालाजुमा भयानक दुर्घटना

एकाबिहानै राजधानीको बालाजुमा भयानक दुर्घटना

काठमाडौँ– राजधानीको बालाजु–बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले माटो बोकेर हिँडेको टिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसङ्खे र उनका श्रीमतीलाई थिचेर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा विसङ्खेको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । 

घाइते विसङ्खेको श्रीमतीको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैबीच अनियन्त्रित टिपरले बा १ ज ७१८३ नम्बरको ट्याक्सीलाई समेत ठक्कर दिन पुगेको थियो । ठक्करबाट ट्याक्सीमा क्षति पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्