०५ असार २०८३, शुक्रबार

‘लिटिल बुद्ध’ भनिने बम्जनको आश्रमबाट हराएकाको खोजी शुरु

पुस १३, २०७५
‘लिटिल बुद्ध’ भनिने बम्जनको आश्रमबाट हराएकाको खोजी शुरु

काठमाडौं–‘लिटिल बुद्ध’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएकाहरुको खोजीकार्य प्रहरीले तीब्र पारेको छ । उनीहरु वेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको हो । 
हराएकाहरुबारे परिवारसँग विस्तृत रुपमा बुझ्ने र बम्जनको तपस्यास्थलबारे तथ्यांक लिने काम भइरहेको जनाइएको छ । बम्जनको आश्रमबाट आफन्त हराएको भन्दै ३ जनाले उजुरी दिएका छन् । बम्जनले आनी बन्न पुगेकालाई बलात्कार र अमानवीय दुर्व्यवहार गरेको आरोप समेत लागेको छ । कान्तिपुर दैनिकमा यसबारे विस्तृतमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्