२२ जेठ २०८३, शुक्रबार

कैदी भगाएको आरोपमा वकील समातिएपछि बोल्यो बार एशोसिएशन

कैदी भगाएको आरोपमा वकील समातिएपछि बोल्यो बार एशोसिएशन

काठमाडौं– नेपाल बार एशोसिएशनले  अधिवक्ता रामकुमार आचार्य पक्राउको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । 
उच्च अदालत बार एशोसिएशनका पूर्व सदस्य समेत रहेका आचार्यलाई कैदी भगाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।  बुधबार चोरी आरोपमा समातिएका सिन्धुपाल्चोकका लालकाजी तामाङ  जिल्ला अदालत काठमाडौं परिसरबाटै फरार भएका थिए । 

बारका महासचिव खम्मबहादुर खातीले  जारी गरेको प्रेस विज्ञप्तिमा विधिको शासन, कानून राज्य र मानव अधिकारको विषयमा वकालत गर्ने कानून व्यवसायीलाई कैदी भगाएको झुठो आरोप लगाउँदा कानून व्यवसायीको इज्जत र प्रतिष्ठामा आँच आउने कार्य भएको उल्लेख गर्दै त्यस कार्यको निन्दा गरेको छ । 

सो घटनाले सम्पूर्ण कानून व्यवसायी मर्माहत भएको हुँदा आगामी दिनमा अदालत, कर्मचारी प्रशासन र विधिको शासन मान्ने सबैले जिम्मेवार हुन बारले ध्यानाकर्षण गराएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्