२२ जेठ २०८३, शुक्रबार

अस्ट्रेलियामा तोडियो तापक्रमको कीर्तिमान, उखुम गर्मीका कारण डढेलोको जोखिम

अस्ट्रेलियामा तोडियो तापक्रमको कीर्तिमान, उखुम गर्मीका कारण डढेलोको जोखिम

काठमाडौं — अस्ट्रेलियामा देशैभर लू चलेपछि तापक्रमका कीर्तिमानहरू तोडिएका छन् । शुक्रवार साँझतिर अस्ट्रेलियाको दक्षिणी भागमा भयावह डढेलो लाग्ने जोखिम बढेको छ । 

उत्तरपश्चिमी वेस्टर्न अस्ट्रेलियामा रहेको मार्बल बारमा बिहीवार अहिलेसम्मकै कीर्तिमान भंग भएर ४९.३ डिग्री सेल्सियस पुगेको छ । 

उत्तरी भिक्टोरियाको मिल्दुरामा तापक्रम ४० को मध्य भागमा पुग्दै बिहीवार ४४ डिग्री सेल्सियस पुगेको थियो । न्यु साउथ वेल्सको मेनिन्दीमा ४५ डिग्री सेल्सियस पुगेको थियो । 

मौसम ब्युरोले दक्षिणी अस्ट्रेलियाका केही भागमा शुक्रवार साँझतिर भयानक डढेलोको सम्भावना रहने किनकि कडा दक्षिणी वायु यो राज्यमा आइपुग्ने अपेक्षा रहेको जनाएको छ । क्लेर, स्नोटाउन, बुर्रा र जेम्सटाउन लगायतका शहरमा
आगलागीको स्थिति रहेको छ । 

शुक्रवार बिहानै स्नोटाउनको तापक्रम ३८ डिग्री सेल्सियस पुगेको छ । 

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्