२९ जेठ २०८३, शुक्रबार

न्युजील्यान्डमा देशको एक कुनाबाट अर्को कुनासम्म हिँडेरै पुग्ने धुनमा यी बालबालिका

न्युजील्यान्डमा देशको एक कुनाबाट अर्को कुनासम्म हिँडेरै पुग्ने धुनमा यी बालबालिका

काठमाडौं — दुई बालबालिका पूरै न्युजील्यान्ड नै हिँडेर भ्रमण गर्ने सबभन्दा कम उमेरका मानिस बन्न लागेका छन् । उनीहरूले क्रिसमसको केही दिनअघि पूरै नर्थ आइल्यान्ड घुमेका थिए । 

नौ वर्षीया एलिजाबेथ र ६ वर्षीय जोनाथन अक्टोबरदेखि १२ सय किलोमिटरभन्दा बढी हिँडिसकेका छन् । उनीहरूले आफ्ना बुवाआमा क्रिस र जोरिन्डे राप्सेसँग केप रेइन्गाबाट यात्रा शुरू गरेका थिए । 

बालबालिकालाई ते आरारोआ ट्रेलमा गृहशिक्षा दिइएको छ । उक्त ट्रेल केप रेइन्गाबाट तीन हजार किलोमिटर पर ब्लफ नामक स्थानमा गएर टुंगिन्छ । त्यो साउथ आइल्यान्डको पुछारमा पर्छ । 

जोरिन्डे राप्सेले बालबालिकाको दैनिक ऊर्जा र उत्साह गजबको रहेको र दुवै बालबालिका ट्रेलमा निकै खुशी देखिएको बताइन् । उनीहरूबीचको सबभन्दा ठूलो द्वन्द्व भनेको कुन फ्लेवरको मुस्ली बार परिवारले खाने भन्नेमा मात्र पर्छ । 

‘शुरूआततिर बालबालिका थाकेका थिए र केही भागको यात्रा उनीहरूका लागि गाह्रो पनि रह्यो तर अहिले उनीहरूले यसलाई मन पराइरहेका छन्,’ जोरिन्डेले भनिन् । ‘लामो दिन सकिएपछि पनि जोनाथन पूर्ण ऊर्जाका साथ
उफ्रिएको देख्दा मलाई अचम्म लाग्छ । समग्र रूपमा उनीहरू एकदमै खुशी छन् ।’

यो परिवार प्रत्येक दिन औसतमा २० किलोमिटर यात्रा गरिरहेको छ तर कहिलेकाहीँ त उनीहरू एक दिनमै ३० किलोमिटर पनि हिँडे । 

राप्से परिवारले अन्तिम टुंगो ब्लफमा सन् २०१९ को मार्च महिनामा पुग्ने लक्ष्य राखेको छ ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्