२१ जेठ २०८३, बिहीबार

पूर्वलडाकु ‘कमाण्डर’ मुख्यमन्त्री शाहीले भने – छेउमै ढलेका शहीदका सपना भुलेको छैन

पुस १३, २०७५
पूर्वलडाकु ‘कमाण्डर’ मुख्यमन्त्री शाहीले भने – छेउमै ढलेका शहीदका सपना भुलेको छैन

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिवतर्नको लडाई सँगसँगै लड्दै गर्दा छेउमै ढलेका शहीदका सपना नभुलेको बताएका छन् ।

मुख्यमन्त्री शाहीलाई भेटेर आफ्ना समस्या सुनाउन सुर्खेत पुगेका रुकुम पश्चिमका शहीद परिवारसँग बिहीवार मुख्यमन्त्री शाहीले शहीदको रगतबाट संघीय गणतन्त्र प्राप्त भएको भन्दै शहीदले देखाएको बाटोबाट कहिल्यै विचलित नहुने प्रतिवद्धता गरे । 

शहीद परिवारको समस्यालाई आफूले नजिकबाट अनुभूति गरेको बताउँदै पूर्वलडाकू कमाण्डर समेत रहेका मुख्यमन्त्री शाहीले शहीद परिवारको समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।

शहीद परिवारको पारिवारिक अवस्था हेरेर रोजगारी तथा आयमूलक कामका लागि ठोस योेजना निर्माण गरी काम गर्ने मुख्यमन्त्री शाहीले बताए ।

मुख्यमन्त्री शाहीले जनयुद्धका घाइते र अपाङ्गता भएका योद्धाको लागि प्रदेशस्तरीय पुनस्र्थापना केन्द्रको स्थापना गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी दिँदै चालू आवमै कार्यान्वयन गरिने बताए । 

मुख्यमन्त्री शाहीले अशक्त घाइते अपाङ्गता भएकालाई सहयोगीसहित पुनस्र्थापना केन्द्रमा राखिने, उपचारको आवश्यकता भएका घाइते अपाङ्गलाई उपचारको व्यवस्था गरिने र काम गर्न सक्ने घाइते अपाङ्गलाई रोजगारीको व्यवस्था गरिने बताए ।

द्वन्द्व प्रभावित व्यक्तिका मनोसामाजिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गरिने पनि मुख्यमन्त्री शाहीले बताए । द्वन्द्व प्रभावित व्यक्तिको लागि अहिले पनि परामर्श र प्रेरणाको आवश्यक रहेको बताउँदै मुख्यमन्त्री शाहीले त्यसका लागि परामर्शदाताको टीम बनाएर गाउँगाउँ पठाइने बताए ।

रुकुम पश्चिममा द्वन्द्वको बेला भएका सामुहिक हत्याकाण्डमा हत्या गरिएका खारा, पीपल, मग्माका शहीद परिवार तथा द्वन्द्वका क्रममा हिंसापीडित महिलाले आफ्ना समस्या समाधान गर्न माग गर्दै मुख्यमन्त्री शाहीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

भेटमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, सामाजिक विकास मन्त्री दल रावल लगायतको सहभागिता थियो ।

salt training

कमेन्ट गर्नुहोस्