
काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले सुनकोशी शाखा कार्यालयको औपचारिक शुरूवात गरेको छ ।
बैंकले मिति २०७५ साल पौष १२ गते ओखलढुङ्गाको सुनकोशी गाँउपालिका स्थित सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।
शाखाको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले क्रमशः प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीसँग संयुक्त रुपले गरे ।
यसअघि स्थानीय निकायमा कुनै पनि बैंक तथा वित्तीय संस्थाको उपस्थिति रहेको थिएन । सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवातपछि यस सुनकोशी गाँउपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ ।
नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ ।
बैकले पुर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८९ वटा शाखाहरु र ४६ शाखारहित बैकिङ्ग सेवा समेत गरी १३५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । बैंकको देशभर १ सय ८ वटा एटीएम सञ्चालनमा रहेको छ ।