
काठमाडौं - बर्दियाको राजापुर नगरपालिका - १० का वडा सदस्य उत्तम चौधरी दुई लाख पचास हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् ।
क्रसर उद्योग दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा चौधरीलाई बर्दियाकै कोठियाघाटस्थित इच्छा होटलबाट नियन्त्रमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सह-सचिव रामेश्वर दंगालका अनुसार निज चौधरीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।