३० जेठ २०८३, शनिबार

अंग्रेजी नयाँ वर्षमा बससेवाको अफर,  अन्लाइनबाट टिकट काट्दा निःशुल्क यात्रा गर्न पाइने

अंग्रेजी नयाँ वर्षमा बससेवाको अफर,  अन्लाइनबाट टिकट काट्दा निःशुल्क यात्रा गर्न पाइने

काठमाडौं – अन्लाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको नेपालको एकमात्र माध्यम ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा निःशुल्क बस यात्रा गर्न सकिने अफर सार्वजनिक गरेको छ । 

कम्पनीले यो योजना डिसेम्बर ३० तारिख देखि जनवरी २ तारिख २०१९ सम्म लागू हुने जनाएको छ ।  योजना अवधिमा हरेक दिन ५ जनाले शतप्रतिशत क्यासब्याक पाएर निःशुल्क यात्रा गर्न सक्नेछन् भने अन्य ५ जनाले ५० प्रतिशत
क्याशब्याक पाउनेछन् । कम्पनीका अनुसार गोलाप्रथाबाट भाग्यशाली यात्रीको छनोट गरीनेछ र उनीहरूलाई क्यासब्याक गरिनेछ ।

योजनाबारे बससेवा डट्कमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले भन्नुभयो, ‘अंग्रेजी नयाँ वर्ष भए पनि यो अन्तर्राष्ट्रिय रूपमा मनाइने गरेको र नेपालमा पनि यसलाई आधार मानेर कार्यक्रम हुने हँुदा नेपाली यात्रुहरूमा नयाँ
वर्षको खुशियाली साट्नका लागि छुट योजना सञ्चालन गरिएको हो ।’ 

यस्तै नयाँ वर्ष मनाउन पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रमा जाने प्रचलन रहेको भन्दै यात्रुहरूका लागि यो अफर ल्याएको खनालको भनाइ छ । अन्य यात्रुहरूले भने अन्लाइनबाट टिकट काट्दा नियमित रूपमा पाउँदै
आएको १७ प्रतिशतसम्म क्याशब्याक पाउनेछन् । 

बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट बिक्री गर्ने माध्यम हो । बससेवामा करीब सयवटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् र नेपालका कुनै पनि गन्तव्यको टिकट अन्लाइनबाट काट्न सकिन्छ । यात्रुहरूले
बससेवा डट्कम, बससेवा मोबाइल एप्स, ईसेवा डट्कम डट् एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् । 

ईसेवा एकाउन्ट भएका ग्राहकले सीधै आफ्नो मोबाइल तथा इन्टरनेटबाट टिकट काट्न सक्नेछन् भने ईसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको ईसेवा जोन तथा पोइन्टबाट टिकट काट्न सकिनेछ । मुलुकभर ईसेवाका ४०
हजारभन्दा बढी जोन पोइन्ट रहेका छन् । साथै आईएमई पे, ईप्रभु, इन्टरनेट तथा मोबाइल बैंकिङ, ईनेट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ । 

 

salt training

कमेन्ट गर्नुहोस्