काठमाडौं, २४ फागुन — रगतको रंग रातो हुनुमा हेमोग्लोबिनको हात हुन्छ । हेमोग्लोबिनले नै रगतमा अक्सिजन प्रवाह गराउने हो । तर शरीरमा आइरनको कमी भयो भने हेमोग्लोबिनले काम गर्दैन । प्रायः महिलाहरूलाई आइरनको कमीले सताउँछ । तपाईं पनि थाहा पाइराख्नुस्, शरीरमा आइरनको कमी त छैन !

१. थकानहामी थकान र कमजोरीलाई हलुका रूपमा लिन्छौं तर आइरनको कमीको लक्षण हुनसक्छ यो ।
२. अनुहार फिक्काहेमोग्लोबिनले रगतलाई रातो बनाउँछ । अनि हेमोग्लोबिनलाई आइरन पुगेन भने फिक्का हुन जान्छ । यसैले छाला पनि फिक्का हुन्छ ।
३. सास लिन अप्ठ्यारोअलिकति दौडिँदा वा भारी काम गर्दा पनि सास फेर्न मुश्किल हुन थाल्यो भने आइरनको कमी बुझ्नुपर्छ ।
४. ढुकढुकी बढ्नुहेमोग्लोबिनका कारण शरीरमा सही मात्रामा अक्सिजनको प्रभाव रहन्छ । तर रगतमा आइरनको कमी भइदियो भने हेमोग्लोबिन सजिलै मुटुसम्म पुग्न पाउँदैन । यसैले गर्दा सास लिन अप्ठ्यारो हुन्छ अनि ढुकढुकी बढ्छ ।
५. खुट्टो हल्लाउनेहुन त कसैको बानी नै हुन्छ खुट्टा हल्लाएर बस्ने तर यस्ता मान्छेमा आइरनको कमी हुन्छ भनी एक अनुसन्धानले बताएको छ ।
६. टाउको दुख्नेदिमागमा मजाले अक्सिजन पुगेन भने टाउको दुख्न थाल्छ र यो रगतमा आइरनको कमी भएको लक्षण हो ।
७. तर्सिइनेशरीरमा राम्ररी अक्सिजन पुगेन भने डर लागेको जस्तो अनुभव हुन्छ । रगतमा आइरनको कमीको संकेत हो यो ।
८. अचम्मका कुरा खाने इच्छागर्भवती हुँदा महिलाहरूको रगतमा आइरनको कमी हुन्छ । त्यसैले उनीहरू चक, माटो वा कागज जस्ता खानेकुरा खान मन गर्छन् ।
९. कपाल झर्नेकपाल झर्नुले रगतमा आइरनको कमी दर्शाउँछ किनकि कमकिा कारण कपालमा पौष्टिक तत्त्व पर्याप्त मात्रामा पुग्दैन र कपाल झर्न थाल्छ ।
एजेन्सीको सहयोगमा