
मानिसहरु अन्धविश्वासका कारण कति ग्रस्त हुन्छन् भन्ने एक घटना सार्वजनिक भएको छ ।
अन्धविश्वासमा पर्नेहरुले विभिन्न घृणित काम गर्ने गरेको हामीले बेलाबेलामा सुन्दै आएका छौं । यस्तै घटना भारतमा घटेको छ । जहाँ एक आमाले ६ वटा औंलासहित जन्मिएकी छोरीको औंला काटिदिएकी छिन् ।
भारत मध्य प्रदेशको खंडवामा अन्धविश्वासका कारण एक आमाले आफ्नी नवजात छोरीको एउटा औंला काटिदिएकी छिन् । औंलका काटिएपछि इन्फेक्सन भएपछि नवजात शिशुको मृत्यु भएको थियो । यो घटना आदिवासी क्षेत्रको खालवा गाउँको सुन्दरदेवको हो ।
सुन्दरदेव गाउँमा बसने रामदेवकी पत्नीले शनिवार राति छोरीलाई जन्मदिएकी थिइन् । नवजात शिशुको हातमा र खुट्टामा ६/६ औंला थिए । यो देखेपछि कसैले ६ औंला हुनु अशुभ भएको वतायो । अन्धविश्वासमा डुबेकी आमा आत्तिइन् र उनले हसिया निकालेर बच्चिको एक एक औंला काटिदिएको भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन् ।
औंला काटिएको ६ घन्टापछि बच्चिको घाउँमा इन्फेक्सन हुन सुरु गर्यो । र सोमबार उनको निधन भयो ।