![‘जानी नजानी’ गीतः ‘एउटीलाई मुटुमा घर, अर्कीलाई...’ [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/jani_najani_Msah0CW86T.jpg)
काठमाडौं– चैत्र १ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘जानी नजानी’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘एउटीलाई मुटुमा घर’ बोलको गीत बिहीबार सार्वजनिक गरिएको हो ।
अम्बिका शर्माको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा अर्जुन र दुर्गा खरेलको स्वर रहेको छ । मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा मनिष र सुमीसँगै डेब्यू गर्ल निरिशा बस्नेत पनि फिचर्ड छिन ।
बसन्त अधिकारी निर्देशित चलचित्रमा मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्णभक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् ।
चलचित्रमा प्रेम कथासँगै राष्ट्रियता र युवापुस्ताले बोध गर्नुपर्ने जिम्मेवारीलाई पनि देखाइएको निर्माण पक्षको दाबी छ । चलचित्रलाई संजय लामाले खिचेका हुन । चलचित्रमा कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्रमा अर्जुन जिसीको सम्पादन रहेको छ । रोशनी इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् ।
चलचित्रमा मोदनाथ खनाल र सागरकाजी मालीको निर्माण रहेको छ ।