२५ असार २०८३, बिहीबार

विमानचालकलाई पिसाबले च्यापेपछि... (भिडियो)

विमानचालकलाई पिसाबले च्यापेपछि... (भिडियो)

काठमाडौं — कहिलेकाहीँ मानिसलाई कुसमयमा दिसापिसाब आइदिएर आपत पर्छ । 

यस्तै घटना भएको छ अमेरिकामा । पाइलटलाई बेस्सरी पिसाबले च्यापेपछि राजमार्गमा आकस्मिक अवतरण गराए अनि सडक किनारामै पिसाब फेरिदिए । 

राजमार्गबाट गइरहेका यात्रुले उनको भिडियो बनाएर सामाजिक सञ्जालमा हालेपछि खुबै चर्चा भइरहेको छ । 

घटना अमेरिकाको दक्षिणी क्षेत्र अलाबामाको हो । भिडियोमा देखिन्छ, एक व्यक्ति विमानलाई हाइवेमा राखेर पिसाब गर्न जान्छन् । राजमार्ग हुँदै गइरहेको एक जोडीले उनको हर्कतलाई भिडियोमा रेकर्ड गरिदिन्छन् । 

बताइएअनुसार, राजमार्गमा पिसाब फेर्ने व्यक्ति विमान उडाउन सिकिरहेका थिए र उनी प्रशिक्षक जिम विलियम्ससँग बसेर सानो प्लेन उडाइरहेका थिए ।

अचानक प्लेनको इन्जिन फेल भयो अनि प्रशिक्षकले सावधानीपूर्वक प्लेनलाई हाइवेमा उतारे । त्यसपछि प्रशिक्षार्थीलाई पिसाबले च्याप्यो र उनी विमानबाट ओर्लेर राजमार्गछेउको खेतमा सुसु गर्न पुगे ।

 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्