२१ जेठ २०८३, बिहीबार

अपराध रोकथामका लागि सचेतना फैलाउँदै प्रहरी

अपराध रोकथामका लागि सचेतना फैलाउँदै प्रहरी

काठमाडौं – समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौँको ज्ञानेश्वरमा आज अपराध नियन्त्रण सम्बन्धी चेतनामूलक प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । 

महानगरीय प्रहरी वृत्त कमलपोखरी, ग्यालेक्सी पब्लिक स्कुल र सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालद्वारा काठमाडौं ज्ञानेश्वरमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले साइबर अपराध, सामाजिक सञ्जालको दुरुपयोग, अपरहण तथा जबरर्जस्ती करणी सम्बन्धी प्रशिक्षण दिँदै अपराधबाट बच्ने उपायबारे जानकारी गराएका थिए ।

उनले यस्ता आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी सधैँ क्रियाशील रहेको भन्दै नागरिक र प्रहरीको सहकार्यले मात्र सुरक्षा मजबुत हुने बताए । विकास र समृद्धिले मात्र अपराध न्यूनीकरण हुननसक्ने भन्दै उनले अपराध न्यूनीकरणका लागि सोचमा परिवर्तन जरुरी रहेको औंल्याए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको प्रशिक्षण कार्यक्रममा ग्यालेक्सी स्कुलका सह–प्राचार्य सुरिना गुरुङको संयोजकत्वमा विद्यालय सम्पर्क समिति समेत गठन गरिएको छ । 

यता राष्ट्रिय प्रहरी प्रक्षिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा सञ्चालित ८औँं समूहको विपद् व्यवस्थापन आधारभूत तालीम आज समापन गरिएको छ । कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीपकुमार चौधरीले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे ।

प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले तालीममा हासिल गरेका कला, कौशल र सीपलाई एक आपसमा २९ जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्