२३ जेठ २०८३, शनिबार

विद्युत् प्राधिकरणको तीनजना कर्मचारी १५ हजार घुससहित पक्राउ

विद्युत् प्राधिकरणको तीनजना कर्मचारी १५ हजार घुससहित पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिजुलीको तार हटाइदिने बहानामा सेवाग्राहीसँग रु १५ हजार घूस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका तीन कर्मचारीलाई पक्राउ गरेको छ । 

आयोगका अनुसार प्राधिकरण नोलाइट शाखा काठमाडौँ, मूलपानीका सहयोगीद्वय हस्तबहादुर थापामगर, काले थापामगर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनी समेतले जग्गाबाट बिजुलीको तार हटाइदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहानामा घूस माग्दामाग्दै पक्राउ गरिएको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार प्राधिकरणका तीन कर्मचारीलाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो । 

यस्तै आयोगले रूपन्देही सिद्धार्थनगर नगरपालिका–३ को अन्जनी बानियाँको नाममा रहेको जग्गा हाल साबिक गर्दा सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा घुसाई अनियमितता गरेको आरोपमा नापी कार्यालय भैरहवाका नापी अधिकृत घनश्याम दुवे र नापी सर्वेक्षक शौकात अली खाँ लगायतले भ्रष्टाचार गरेको अभियोगमा आज मुद्दा दायर गरेको छ ।

आयोगले मालपोत कार्यालय भैरहवाका नासु बलराम श्रेष्ठ र वडा सचिव धनेशचन्द्र गुरुङ समेतको मिलेमतो देखिएको आयोगको अनुसन्धानबाट खुलेको जनाएको छ । 

यस्तै बर्दिया, राजापुर नगरपालिका–१० का वडा सदस्य उत्तम चौधरीले रु दुई लाख ५० हजार घूस लिएको अभियोगमा आयोगले पक्राउ गरेको छ ।

क्रसर उद्योगको दर्ता गर्न सिफारिश तथा सहयोग गरिदिने भनी सेवाग्राहीसँग घुस माग्दा माग्दै आयोगको नेपालगञ्ज क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्