०८ असार २०८३, सोमबार

काठमाडौं जिल्ला अदालतबाट फरार चोरीका अभियुक्त पक्राउ

काठमाडौं जिल्ला अदालतबाट फरार चोरीका अभियुक्त पक्राउ

काठमाडौं– बुधबार काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार अभियुक्तलाई प्रहरीले  पक्राउ परेको छ । 
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको विशेष टोलीले चोरी केसका अभियुक्त सिन्धुपाल्चोकका लालकाजी तामाङलाई सिन्धुलीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

जबर्जस्ती चोरी मुद्धामा २०७३ सालमा तामाङलाई जिल्ला अदालत काठमाडौंले ६ लाख ९० हजार जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो । फैसला अनुसारको जरिवाना तथा कैद भुक्तान नगरी फरार तामाङलाई गत मंगलबार पक्राउ गरेर प्रहरीले बुधबार अदालत उपस्थित गराएको थियो ।

तर, अदालतमा लगिएका उनी त्यहीँबाट एकाएक भागेका थिए । उनलाई  भगाउन सहयोग गरेको आरोपमा प्रहरीले एक वकीललाई पनि नियन्त्रणमा लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्