२२ जेठ २०८३, शुक्रबार

गोरु तस्करले प्रहरीलाई घूस दिन खोज्दा...

गोरु तस्करले प्रहरीलाई घूस दिन खोज्दा...

    बाँके– इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरीलाई घूस दिन खोज्ने दुई गोरु व्यापारी पक्राउ परेका छन् ।

    प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहलाई रु ५० हजार घूस दिन खोज्ने कोहलपुरका नवराज थापा र हेटौँडाका अब्दुल देवान पक्राउ परेका हुन् । “बिहान फोन गरेर जरुरी काम छ भनेका थिए, मैले केही मुद्दा मामिला होला भनेर कार्यालयमै आउनुस् भनेको थिएँ,” नायब उपरीक्षक सिंहले भने, “हामी गोरु व्यापारी हाँै, सहयोग गर्नुपर्यो भन्दै मेरो टेबलमा पैसा राखेपछि उनीहरूलाई पक्राउ गरिएको हो ।” 

    बाँकेका ग्रामीण क्षेत्रबाट गोरु जम्मा गरी तस्करी हुने गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार मात्र नेपालगञ्ज पुगेर बाँके र बर्दियाका प्रहरी अधिकारीलाई प्रलोभनमा पारेर रकम दिन खोज्नेलाई पक्राउ गरेर मुद्दा चलाउन निर्देशन दिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्