२२ जेठ २०८३, शुक्रबार

समितिले चोलेन्द्रलाई संसदीय सुनुवाईका लागि बोलायो

पुस १४, २०७५
समितिले चोलेन्द्रलाई संसदीय सुनुवाईका लागि बोलायो

 काठमाडौं  । संघीय संसद्को सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार बोलाएको छ ।

 शुक्रबार बसेको समिति बैठकले जबरामाथि परेको उजुरीको विषयमा छलफल गर्न आइतबार उनलाई बोलाएको हो ।
संवैधानिक परिषद्ले नाम सिफारिस गरेपछि सुनुवाइ समितिले जबराविरुद्ध उजुरी माग गरेको थियो । सुनुवाइ समितिमा उनीविरुद्ध नौवटा उजुरी परेको छ । समितिले शुक्रबारको बैठकमा उजुरीकर्तासँग छलफल गरेको थियो ।

समितिमा परेका व्यक्तिगत ८ र एक सैद्धान्तिक उजुरीसहित सांसदसँग सवाल–जवाफ गरिने भएको छ । सुनुवाइमा सांसदहरूले सोधेका प्रश्नको जबराले जवाफ दिनुपर्ने हुन्छ । सुनुवाइमा चित्तबुझ्दो जवाफ आए उनी प्रधानन्यायाधीशका लागि स्वीकृत हुनेछन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्