३० जेठ २०८३, शनिबार

जहाँ बिजुलीको ८० रुपैयाँ महसुल तिर्न २००० खर्च हुन्छ

जहाँ बिजुलीको ८० रुपैयाँ महसुल तिर्न २००० खर्च हुन्छ

डोटी– जिल्लास्थित दुर्गम स्थानीय तहका वासिन्दा ८० को विद्युत् महसुल तिर्न र दुई हजार भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन् । 

जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् महसुल तिर्ने काउण्टर नभएका कारण सेवाग्राहीलाई न्यूनतम रकम तिर्न घण्टौं टाढा हिँडेर र गाडीको यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पुग्नुपर्ने बाध्यता छ ।

 शिखर नगरपालिका–१ कपल्लेकी सेवाग्राही दीर्घबहादुर ऐरले भने, “गाउँमा तीन महिनामा एक पटक विद्युतको  मिटर रिडिङ हुने गरेको छ । ती तीन महीनाको रू ८० देखि १०० मात्रै बिलको रकम आउने गरेको छ ।” 

त्यसरी आएको बिलको भुक्तानीका लागि ग्रामीण क्षेत्रबाट पुरानो क्षेत्रीय सदरमुकाम दिपायल जानुपर्ने हुँदा दुई हजारभन्दा बढी रकम खर्च हुने गरेको मुडभाराका सेवाग्राही गणेश महराले गुनासो गरे । 

salt training

कमेन्ट गर्नुहोस्