०९ असार २०८३, मंगलबार

विपक्षीसामु झुके कंगोका राष्ट्रपति, चुनावको मिति घोषणा गर्न बाध्य

विपक्षीसामु झुके कंगोका राष्ट्रपति, चुनावको मिति घोषणा गर्न बाध्य

कंगो–१७ वर्षदेखि शासनरत सरकारविरुद्ध प्रर्दशन बढ्दै गएपछि कङ्गोको सरकारले यही डिसेम्बर ३० मै निर्वाचन गराउने भएको छ । 

निर्वाचन पछाडि सार्ने निर्णयलाई सच्याउँदै सरकारले डिसेम्बर ३० मै निर्वाचन गर्ने निश्चित भएको राष्ट्रपति जोसेफ काबिलाले पुष्टी गरेका छन् । 

कङ्गोमा राष्ट्रपतीय निर्वाचनको मिति घोषणा गरे पनि सुनिश्चत नभएपछि विवाद चर्किदै गएर विपक्षीहरू आन्दोलनमा उत्रिएका छन् । 

तर, राष्ट्रपति काबिलाले निर्धारित समयमै निर्वाचन गराउने प्रतिबद्धता जनाएको अल जजिरा टेलिभिजनले जनाएको छ । 

राष्ट्रपति काबिला विगत १७ वर्षदेखि राष्ट्रपतिको रूपमा रहेका छन् । 
कतिपयले निश्पक्ष, स्वतन्त्र निर्वाचन गराउनेमा आशंका व्यक्र गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्