काठमाडौं, २४ फागुन - चलचित्र ‘कथा काठमाडौं’ निर्माण हुने भएको छ । भिजे तथा म्युजिक भिडियो निर्देशन गरिरहेकी संगीता श्रेष्ठले चलचित्रको निर्देशन गर्ने भएकी हुन् ।
चलचित्रमा आयुष्मान जोशी, प्रमोद अग्रहरी, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतका कलाकारको अभिनय रहनेछ । प्रेम कथामा आधारित चलचित्रमा तीन छुट्टाछुट्टै घटनालाई एउटै चलचित्रमा कथानक बनाउन खोजेको निर्देशक श्रेष्ठले जानकारी दिइन् ।

बुधबारबाट छायांकन सुरु हुने चलचित्रमा विजय राइको लगानी रहनेछ । लुजाओ विन्ङले छायांकन गर्ने चलचित्र आहाना फिल्मसकाको व्यानरमा निर्माण हुन लागेको हो ।