
काठमाडौं-घारिलो हतियार चक्कु प्रहार गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल पिपलबस्ती बस्ने दोलखा घर भएका ३६ वर्षीय दावा शेर्पालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका बस्ने २८ वर्षीय निर्मल सुनुवारलाई शेर्पाले चक्कु प्रहार गर्दा घाइते भएकोमा उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेल लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।