०५ असार २०८३, शुक्रबार

भारतीय विमानस्थलबाट विदेश उड्न नेपालीलाई झमेलै झमेला

पुस १५, २०७५
भारतीय विमानस्थलबाट विदेश उड्न नेपालीलाई झमेलै झमेला

नयाँदिल्ली–नयाँदिल्लीमा एमबीबीएस अध्ययनरत सुरभी थापा युगाण्डा जान शुक्रबार बिहानै इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल पुगिन् । भारतीय अध्यागमन अधिकारीहरुले उनलाई ‘नो अब्जेक्सन सर्टिफिकेट’ बिना उड्न नसक्ने भन्दै फर्काइदिए । 
जसाेतसो नेपाली दूतावासबाट एनओसी बनाएर उनी सोमबार मध्यराती उनी कम्पाला उडिन् । 

भारतबाट तेस्रो मुलुक उड्न खोजिएका नेपालीलाई विमानस्थलबाट फर्काइएको यो पहिलो घटना होइन । 

यसको मारमा अमेरिका, बेलायत, अस्ट्रेलियालगायतका मुलुक अध्ययन गर्न जाने विद्यार्थी समेत छन् । भारतका विमानस्थलबाट तेस्रो देश उड्दा काठमाडौंबाट भन्दा निकै सस्तो पर्छ । तर, एनओसीको झण्झटकै कारण अन्तिम समयमा थुप्रै नेपाली उड्नबाट बञ्चित भएका छन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्