२५ जेठ २०८३, सोमबार

काठमाडौंको तापक्रम घट्दो : आज यो वर्षकै न्यून तापक्रम, शून्यमा झर्न सक्ने सम्भावना

काठमाडौंको तापक्रम घट्दो : आज यो वर्षकै न्यून तापक्रम, शून्यमा झर्न सक्ने सम्भावना

काठमाडौं–  काठमाडौं उपत्यकाको तापक्रम घट्दो क्रममा छ । उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज यो वर्षको सबैभन्दा कम मापन भएको हो ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार काठमाडौंको न्यूनतम तापक्रम शून्यमा झर्न सक्ने अनुमान गरिएको छ । आज काठमाडौंमा १६ देखि १८ डिग्री सेल्सियसमा अधिकतम तापक्रम रहने अनुमान गरिएको छ । 

शनिबारको न्यूनतम तापक्रम १.५  र शुक्रबार १.४ डिग्री सेल्सियस मापन भएको थियो । आइतबार दिउँसो देशभर मौसम सामान्यतया सफा रहने मौसमविद प्रधानाङ्गले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्