२९ जेठ २०८३, शुक्रबार

स्याङयोङ गाडीको नयाँ ग्राहक योजना, ४ लाख सम्मको छुट

स्याङयोङ गाडीको नयाँ ग्राहक योजना, ४ लाख सम्मको छुट

काठमाडौं-  नेपालको लागी स्याङयोङ मोटर्सको आधीकारीक विक्रेता एवम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सलेनयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ । 

यस योजना अन्र्तगत ग्राहकहरुले आफ्नो कुनै पनि गाडी सँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनिले जनाएको छ । यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्नेछन् । 

एक्सचेन्ज अफरमा १ बर्षको निशुल्क बिमा , पुरानो गाडिको स्पटमै उत्कृट मूलयाङ्कन,  झन्झटरहित फाईनान्सको सूविधा, आर्थिक वर्ष २०७५/७६ को रोड ट्याक्स तिर्न नपर्ने,३ वर्षको वारेन्टी (६०,००० कि मी सम्म), ५ बर्ष सम्म निःशुल्क सर्भिसिङ्ग, गाडीको अतिरिक्त सामान निःशुल्क पाइने,सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू पाइने लगायतका सुविधा रहेका छन् । 

स्याङयोङ, दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता हो । आफ्नो स्थापना बर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागिसम्मानित हुँदै आएको छ्र सम्भवतः यसको एक मात्र कारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ्ग हो। कम्पनि संग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र एमपीभीहरू छन्। कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्