०२ साउन २०८३, शनिबार

सप्तरीको राजविराजमा कर्फ्यु

कात्तिक २०, २०७४
सप्तरीको राजविराजमा कर्फ्यु
काठमाडौं, २४ फागुन - सप्तरीको राजविराजमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ । मधेशी मोर्चाका कार्यकर्ताहरूको गतिविधी उत्तेजक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव प्रसाद तिमल्सिनाले भर्खरै कर्फ्यु आदेश जारी भएको बताए ।

हिँजो एमालेले आयोजना गरेको कार्यक्रममा मुठभेड भएपछि प्रहरीको गोली लागेर मोर्चाका तीन कार्यकर्ताको ज्यान गएपछि आज मोर्चाका कार्यकर्ता राजविराजमा विरोधमा उत्रिएका छन् ।

मोर्चाका कार्यकर्ताले सकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड गर्न कोशिश पनि गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्