०५ साउन २०८३, मंगलबार

५२ करोडमा किनेको जग्गामा सुकुम्बासीको बसोबास, राजनीतिक दलका कार्यकर्ताको ‘बार्गेनिङ’

पुस १५, २०७५
५२ करोडमा किनेको जग्गामा सुकुम्बासीको बसोबास, राजनीतिक दलका कार्यकर्ताको ‘बार्गेनिङ’

धनगढी– कैलालीको गोदावरी नगरपालिका–८ हरैयास्थित विवादित जग्गामा करोडौं लगानी गरेका पोखराका व्यवसायी विमल बसेलको लगानी अझै सुरक्षित हुन सकेको छैन ।

व्यवसायी बस्यालसहित ५ जनाले गत वर्ष शौभाग्य रियल स्टेट एण्ड हाउजिङ्ग कम्पनीको नाममा २३ विघा जमिन ५२ करोडमा खरिद गरेका थिए । दाङका रणबहादुर शाहको नाममा रहेको सो जग्गामा सशस्त्र द्वन्द्वताका तत्कालीन नेकपा माओवादीले कव्जा गरी सुकुमबासीलाई बसाएको थियो । 

जग्गा खरिदपछि व्यवसायी बसेलले त्यहाँ बसेका सुकुमबासीहरु मध्ये कसैलाई जग्गा त कसैलाई पैसा दिएर व्यवस्थापन गर्दै आएका छन् । तर नयाँ–नयाँ सुकुमबासी थपिने क्रम जारी रहनु र विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले आफूलाई पैसा नदिए सुकुमबासीबाट कब्जा गराइदिने धम्की दिदै आएपछि उनी आक्रान्त बनेका छन् ।

‘म यहाँ मात्रै होइन, पहिलैदेखि सामाजिक कार्यमा पनि संलग्न छु । जग्गा खरिद गरिसकेपछि सुकुमबासीहरुलाई डण्डा देखाएर धपाउने सल्लाह पनि मलाई नआएको होइन । तर म कहिल्यै त्यस्तो सोचिन । बरु गरीबहरुलाई धपाएर दुःख दिनु भन्दा उनीहरुलाई व्यवस्थापन गर्ने कार्यमा लागे । तर आजभोलि विभिन्न पक्षले पैसा मागेर बार्गेनिङ गर्न थालेपछि असहज भएको छ’, धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै व्यवसायी बसेल भने ।

व्यवसायी बसेलले हरैयामा बसेका ६२ जना सुकुमवासी परिवारलाई धनगढी उपमहानगरपालिका–१७ धुरझन्नामा १/१ कट्टाको दरले जग्गा खरिद गरी बसाएका छन् । जसमा मात्रै ३ करोड लगानी गरेको उनको भनाइ छ । त्यस्तै, उनले ३७ परिवारलाई नगद २ लाख ८ हजारका दरले रुपियाँ दिई व्यवस्थापन गरेका छन् । भने जग्गा अझै बसिरहेका २८ परिवारलाई उनीहरुकै इच्छा अनुसार व्यवस्थापन गर्ने उनको भनाइ छ । तर थप सुकुमबासी आउने कुराले आफूलाई अप्ठेरो भएको व्यवसायी बसेल बताए ।

व्यवसायी बसेलले जग्गा खरिददेखि सुकुमबासी व्यवस्थापनसम्म हालसम्म आफुले ५६ करोड लगानी गरिसकेको जनाएका छन् ।

जानी–जानी यस्तो दलदलमा कसरी फस्नु भयो ? भन्ने जिज्ञासामा उनी भन्छन्–‘रणबहादुर शाह र म बीच चितवनको सेती चुरोट करखानाको जग्गा किनबेचको सहमति भएको थियो । तर त्यहाँको जग्गा नदिएर मलाई यहाँको जग्गा दिलाइयो । यहाँको जग्गा देखाएपछि उताको लगानी यता झोसियो । तर हाल धमिलो पानीमा माछा मार्ने काम भयो ।’ 

राज्यकै कानूनको अधिनमा रही जग्गा खरिद गरेको र औद्योगिक विकासको लागि नै ठूलो लगानी गर्ने योजनामा रहेकोे बताउँदै उनले आफ्नो लगानीको सुरक्षा राज्य र समाजले गर्नुपर्ने माग राखेका छन् । 

हरैयाको सो जग्गामा तत्कालीन माओवादीले बसाएका सुकुमवासीहरुले आफुहरुलाई उचित व्यवस्थापन नगरेसम्म जग्गा नछोड्ने अडान लिदै आएका थिए । पछिल्लो समय सो हरैया सुकुमवासी वस्ती राजनीतिक दलहरुको राजनीति गर्ने खेल मैदानमा परिणत भएको थियो । जुन जग्गा प्रकरणमा नेकपाका नेता लेखराज भट्टदेखि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासम्मको नाम जोडिएको छ ।

हरैयामा ५ तारे होेटल स्थापना गर्ने

व्यवसायी बसेलले हरैयाको सो जग्गामा १ अर्बको लगानीमा केही उद्योग र होटेल स्थापना गर्ने बताएका छन् । एउटा मिनरल वाटर कम्पनी, ५ तारे होटल र थारु कल्चर झल्किने घरहरु निर्मााण गर्ने योजना रहेको बताउँदै उनले १ अर्ब लगानी गर्ने जनाएका छन् ।

व्यवसायी बसेल गण्डकी मेडिकल कलेजको संस्थापक पनि हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्